बेलौरी एक्सप्रेस

दुधुवामा मोटरसाइकल दुर्घटनाः घाइते चौधरीको मृत्यु

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
1,703 Views

ज्ञानेन्द्र थापा बेलौरी: भारतको दुधुवा नेसनल पार्कमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ।

धनगढीबाट पलिया जाने क्रममा दुधवा नेशनल पार्कमा मोटरसाईकल दुर्घटनामा परेर घाइते भएका धनगढी उपमहानगरपालिका–१९ का ३३ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा धनगढी उपमहानगरपालिका– १९ कै २२ वर्षीय अनिलकुमार चौधरी घाइते भएका छन्।


उनको पलियामा उपचार भइरहेको छ। शनिवार धनगढीबाट पलिया जाँदै गरेको से ३ प २८१९ नम्बरको मोटरसाइकलाई गौरीफन्टा कोतवाली भन्दा झण्डै १५ किलोमिटर बीच जंगलमा अज्ञात गाडीले ठक्कर दिंदा दुर्घटना भएको थियो। भारतीय प्रहरीले दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडी खोजी गरिरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्