बेलौरी एक्सप्रेस

महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाईते

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
3,037 Views

ज्ञानेन्द्र थापा बेलौरी: महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ख–००९८ न।को सुनौलो महाकाली यातायातको यात्रुबाहक बस दुर्घटना भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं।२८ गण कपिलवस्तुमा सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीका अनुसार बस सडकबाट २ सय फिट तल खसेको छ । घाइते भएकाहरुलाई बुटवल र भालुवाङ तर्फ पठाइएको उनको भनाई छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्