बेलौरी एक्सप्रेस

नेशनल आयुर्वेद अस्पताल एवंम अनुसन्धान केन्द्रको आयोजनामा सप्ताह व्यापि नि: शुल्क आयुर्वेद स्वास्थ्य शिविर समुदघाटन

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
162 Views

अस्पतालका अध्यक्ष कृष्ण प्रसाद महर्जनको सभापतित्वमा र काठमाडौं महानगर पालिका वडा न.-१४ का वडा अध्यक्ष सुमन श्रेष्ठ को प्रमुख आथित्यतामा समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शिविर मिती २०८० माघ २७ गते शनिवार देखी फागुन ४ गते सम्म बिहान ९ बजे देखी ३ बजे सम्म का.म.न.पा. वडा न.-14 बल्खु चोक नेशनल आयुर्वेद अस्पताल भवनमा सन्चालन भएको छ।
यस शिविरमा मलद्वार सम्बन्धी समस्या पाइल्स, फिस्टुला, फिसर, पि.एन.एस.महिलाका रोगहरू:PCOD-PCOS, असन्तुलित, बाँझोपन महिनावारी, सेतो पानी बग्ने छालासम्बन्धी समस्या डण्डिफोर, एक्जिमा, सोरियासिस हाडजोर्नी सम्बन्धी समस्या:बाथ रोग, दीर्घ दुखाई, हात-खुट्टा बाउँडिने, ग्रीवास्तम्भ कपाल सम्बन्धी समस्या कपाल झर्ने (एलोपेसिया), चाँया पर्नेपेटसम्बन्धी समस्या कब्जियत, कलेजो प्लीहा सम्बन्धी रोग, पेट दुखेको, ग्यास्ट्राइटिस
मधुमेह, माइग्रेन, थाइरोइड सम्बन्धी समस्या, पिनास, नसा फुल्लेको, मोटापन, निद्रा सम्बन्धी समस्या, स्वर्ण बिन्दु प्राशन लगायत रोग हरुको नि:शुल्क उपचार गरिने कार्यक्रम संयोजक डा बिजेन्द्र शाह ले बताउनु भयो । साथै यहि मिती २०८० फाल्गुन ४ गते बिहान ९ बजे देखी २ बजे सम्म खुल्ला रक्तदान कार्यक्रम समेत रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्