बेलौरी एक्सप्रेस

बेलौरीको उखुबारीमा भेटिए हातखुट्टा बाँधिएको अवस्थामा बालक

ज्ञानेन्द्र थापा
ज्ञानेन्द्र थापा
995 Views

बेलौरी:कञ्चनपुरमा एक बालक हातखुट्टा बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालक हातखुट्टा बाधिएको अवस्थामा भेटिएका हुन् ।

दुबै हात बाधेको अवस्थामा बालक भेटिएको बेलौरी नगरपालिका–६ का स्थानीय सुरेशकुमार बडायकले बताए ।

‘सडक छेउकै उखुबारीमा ती बालक भेटिएका थिए, बालकका हात बाधिएका थिए, उनलाई खेलौना दिइएको थियो,’ उनले भने, ‘बालक रोईरहेको थियो, बालकलाई उद्दार गरि प्रहरीको जिम्मा लगाएको छौं।’

बालकको श्रीपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बालकको अभिभावकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्