बेलौरी एक्सप्रेस

युएईको दुबईमा गौरा कार्यक्रम भब्यताका साथ सम्पन्न !!!

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
633 Views

आदित्य सिंह भण्डारी: सुदूरपश्चिम सेवा समाज युएईको आयोजनामा यस समाजका अध्यक्ष श्री मोहन ठकुराठी ज्युको सभापतित्वमा सुरु भएको “गौरा विशेष सस्कृतिक कार्यक्रम 2023” समाजका महासचिव प्रकाश दत्त बडु ज्यु ले संचालन गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष श्री वेद प्रसाद अर्याल ज्यु, विशिष्ट अतिथिमा क्रमश: सुदुरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका प्रथम उपाध्यक्ष श्री धर्मराज पाण्डेय ज्यु, सुदूरपश्चिम सेवा समाज युएईका प्रमुख सल्लाहकार श्री दान सिंह महरा (दिनेस) ज्यु रहनु भएको उक्त गौरा विशेष सास्कूतिक कार्यक्रम विधिवत गौरा पुजा गरी भब्यता साथ सम्पन्न भएको छ।

युएईमा रहनुहुने नेपाली हरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको विशेष अतिथिमा क्रमश: नेपाली जनप्रगतिसिल मन्च युएईका अध्यक्ष श्री वावुराम विश्वकर्मा , नेपाली जनसम्पर्क समिति युएईका सभापति श्री भुवानी प्रसाद तिमिल्सिना, गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष श्री विकास शाही र गैरआवासीय नेपाली संघ (एनआरएनए) का  निवर्तमान अध्यक्ष एवम्  वर्तमान प्रमुख संरक्षक ठाकुर प्रसाद ढुंगाना ज्यु, त्यसै गरी अतिथिको रुपमा युएईमा कृयाशिल बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, सुदुरपश्चिम सेवा समाज युएईका संस्थापक एवम वौद्दिक व्यक्तित्वहरु र व्यवसायी हरुको उपस्थिति रहको थियो।

विभिन्न कार्यक्रम हरु आयोजना गरी सुदुरपश्चिमेली कलाकारहरु लाई मञ्च प्रदान गर्दै आईरहेको सुदुरपश्चिम सेवा समाज युएईले यसपाली नेपालबाट अथितिको कलाकारको रुपमा द भ्वाइस अफ नेपालवाट चर्चामा आएका गायक आशिस महर , गायक भुवन प्रकाश वडु र गायिका दिपा रोकाया ज्युलाई सहभागी गराई कार्यक्रम सम्पन्न गराएको छ।

प्रतिक्रिया दिनुहोस्