बेलौरी एक्सप्रेस

नेत्रावती डबजाेङ गाउँपालिका व्यापी फुटसल प्रतियाेगिता एमपिएलकाे लागि टिम दर्ता भदाै १३ गतेसम्म

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
369 Views

निराज रानाभाट, काठमाडौं । नेत्रावती डबजाेङ गाउँपालिका व्यापी फुटसल प्रतियाेगिता मार्पाक प्रिमियर लिग ( एमपिएल ) काे लागि टिम दर्ता भदाै १३ गतेसम्म रहकाे छ । गाउँपालिका व्यापी हुन लागेकाे दशाैं संस्करणकाे एमपिएल फुटसल प्रतियाेगिता काठमाडौंको भत्केपुलस्थित फ्रेन्डस स्टार फुटसल हुने छ, भने प्रतियाेगिता बिहान ९:०० बजेदेखि शुरु हुने छ । गाउँपालिका भित्रका ५ वटै वडाका टिमहरुले सहभागिता जनाउन सक्ने प्रतियाेगितामा अहिलेसम्म गाउँपालिका भित्रका १, २ र ५ नम्बर वडाका टिमहरुले टिम दर्ता गरिरहेकाे आयाेजकले जनाएकाे छ । दशाैं संस्करणकाे एमपिएलकाे विजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण – पत्र, भने उप – विजेताले नगद ५ हजार, मेडल र प्रमाण – पत्र प्राप्त गर्ने छ, साथै उत्कृष्ठ गाेलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टका साथै मेडल र प्रमाण – पत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

त्यस्तै, सेमिफाईनलिस्ट २ टिमलाई पनि पुरस्कारकाे व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ । दर्ता शुल्क १ हजार राखिएकाे प्रतियाेगितामा सहभागी हुने टिमले खेलाडीहरुकाे नागरिकताकाे फाेटाेकपी वा परिचय खुल्ने प्रमाण – पत्रकाे फाेटाेकपी सहित भदौ १३ गते, साँझ ५:०० बजेसम्म शुल्क बुझाई सक्नु पर्ने र भदौ १५ गते, साँझ ४:०० बजे फुटसलमा सबै कप्तानहरुकाे उपस्थितिमा टाईसिट सार्वजनिक गरिने समेत आयाेजकले जानकारी दिएकाे छ । एन्फा रेफ्रिद्वारा लिग कम नक आउटकाे आधारमा संचालन गरिने प्रतियाेगिताकाे आयाेजक मार्पाक भेट्रान्स फुटसल टिम र सह – आयाेजक मार्पाक सामुदायिक क्लब ( सिसिएम ) रहेकाे छ । यस्तै, टिभी पार्टनरमा दिब्यदर्शन टेलिभिजन, एफएमा पार्टनरमा निलकण्ठ एफ.एम. साथै अनलाइन मिडिया पार्टनरहरुमा जन अपडेट, भिजन न्युज नेपाल, धादिङ्ग सन्चार र धादिङ्ग पाेष्ट रहेकाे लिग संयाेजक फणिन्द्र गुरुङ्गले जनाए ।

प्रतिक्रिया दिनुहोस्