बेलौरी एक्सप्रेस

राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटी चितवनकाे प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न, राम कार्कीकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
322 Views

निराज रानाभाट, भरतपुर, चितवन : राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटी चितवनकाे प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएकाे छ । उक्त अधिवेशनले राम कार्कीकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेकाे छ ।

यस्तै, कमिटिकाे उपाध्यक्षमा सागर वम्जन, सचिवमा रामचन्द्र भट्ट, काेषाध्यक्षमा सुजिता दवाडी, सह – सचिवमा गगन गुरुङ्ग र दिपक घिमिरे रहेका छन् । युथफाेर्स प्रमुख सागर वम्जन र उप प्रमुख शाहिल लामा, साईवर सर्कल प्रमुख दिपक घिमिरे, महिला विभाग प्रमुख शाेभा न्याैपाने, युवा परिषद् विज्ञ प्रमुख उत्पल अर्याल चयन भएका छन् ।

 

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) चितवनका उपाध्यक्ष कमलराज पाठक, अध्यक्ष रामप्रसाद न्याैपाने, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव माेविन अख्तर आलम, नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) केन्द्रीय सदस्य, वागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता जे• एन थपलिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्