बेलौरी एक्सप्रेस

नेपाल विद्यार्थी संघको विवाद उत्कर्षमा, असन्तुष्ट पक्ष रिले अनसन

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
249 Views

ललितपुर : नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षको रिले अनशन दोस्रो दिन पार्टी मुख्यालय सानेपामा जारी छ । दोस्रो दिन शुरुवातमा नेता दिनेश कार्की र निश्चल घिमिरे अनशनमा बसेकाे संयोजक दीपक ओझाले जानकारी दिए । साउन २२ गते नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ७ सय १० जना सदस्य थपिएको थियो । नेपाल विद्यार्थी संघको विधानअनुसार १ सय ५१ सदस्यीय समिति हुनुपर्ने असन्तुष्ट पक्षको अडान छ । को बन्ने नबन्ने भन्ने कुरा मुख्य होइन । विधान र विधिको शासन अनुरुप चल्ने नेपाली कांग्रेस पार्टीले विधान अनुरुप नै नेपाल विद्यार्थी संघ र अन्य भातृय संगठनलाई गठन गर्नुपर्ने नेपाल विद्यार्थी संघका नेता कविराज शाहीले बताए । उनले भने,‘गौरव पुर्ण इतिहास बोकेको नेपाली कांग्रेस पार्टीको नर्सरी भनेर चिनिने नेपाल विद्यार्थी संघ जसमा मनोनित केन्द्रीय सदस्य साथीहरू समेत म नेविसंघको केन्द्रीय सदस्य हुँ भन्न लाज माँनिरहननु भएको छ ।’

नेपाल विद्यार्थी संघमा काेही विदेश गएका, कोही अर्कै पार्टीका सक्रिय कार्यकर्ता, कोही पार्टी र जनप्रतिनिधिमा समेत पदिय जिम्मेवारीमा रहेका व्यक्तिहरु त्यस्तै ३२ वर्ष उमेर हदबन्दीको व्यवस्था भएपनि ३५ वर्ष भन्दा माथि उमेर पुगेका व्यक्तिहरु केन्द्रीय सदस्यमा मनोनित भएको भन्दै देशभरिबाट असन्तुष्टका आवाज गुन्जिन थालेका छन् । ३३ प्रतिशत अनिवार्य महिलाको उपस्थिति हुनु पर्थ्यो, तर नव मनोनित नेविसंघको केन्द्रीय समितिमा ६.०३ प्रतिशत मात्र विधार्थी नेतृहरुलाई समावेश गरिएको छ । असन्तुष्ट पक्षले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालालाई नेपाल विद्यार्थी संघको विधान बुझाएका थिए । अहिले २ सिफ्टमा २ / २ जना गरेर अनशन बस्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्