बेलौरी एक्सप्रेस

भरतपुर महानगरपालिकाको आयोजनामा ‘ रक्तदाता उत्प्रेरणात्मक एवम् सचेतनात्मक कार्यक्रम ’ सम्पन्न 

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
306 Views

निराज रानाभाट, चितवन । अन्तर्राष्ट्रिय युवा दिवस – २०२३ को अवसरमा भरतपुर महानगरपालिकाको आयोजनामा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत २ दिने कार्यक्रम ‘ रक्तदाता उत्प्रेरणात्मक एवम् सचेतनात्मक कार्यक्रम ’ आज पहिलो दिन ४ वटा विद्यालयहरुमा सम्पन्न भएको छ। उक्त कार्यक्रम अर्किड कलेज, नारायणी पब्लिक ईंग्लिश बोर्डिङ स्कुल, सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणी नमूना माद्यामिक विद्यालयमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रम ब्लड डाेनर्स सोसाइटी नेपाल, सरल नेपाल लगायतको संयुक्त सहकार्यमा सन्चालन भएको थियो ।

त्यसैगरी, उक्त कार्यक्रम सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङद्वारा प्रायोजन गरिएको थियो । यस कार्यक्रमको प्रशिक्षक नेपाल रेडक्रस सोसाइटी, चितवन जिल्ला सदस्य रुद्र अधिकारी, प्रशिक्षक बिनिता गौतम, विश्वनाथ सापकोटा रहेका थिए । उक्त कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, केन्द्रीय उपाध्यक्ष सन्तोस शाह, केन्द्रीय महा – सचिव अन्जन दवाडी साथै सदस्यहरु प्रवल के.सी. , दिपक घिमिरे तथा सरल नेपालका अध्यक्ष मनिष पौडेल, भरतपुर महानगरपालिका शैक्षिक प्रशासनका अर्जुन सिंह मडै, नेपाल रेडक्रसका चिज आले समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्