बेलौरी एक्सप्रेस

१६ वर्षीया किशोरीमाथि ४५ वर्षीय अधबैँसेद्वारा बलात्कार

ज्ञानेन्द्र थापा
ज्ञानेन्द्र थापा
284 Views

काठमाडौँ: १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार नागार्जुन नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम सिलवाल पक्राउ परेका हुन् ।

सिलवालले गत सोमवार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको छ। सोही उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्