बेलौरी एक्सप्रेस

बेलौरी बजारबाट लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
574 Views

ज्ञानेन्द्र थापा बेलौरी कञ्चनपुरको बेलौरी बजारबाट लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ बेलौरी बजारबाट कैलालीको धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउ बस्ने १८ वर्षीय दीपेन्द्र राना र सोही ठाउँ बस्ने १८ वर्षीय विमल रानालाई शङ्का लागी चेकजाँच गर्दा विमल रानाको साथबाट ८.६० ग्राम लागु औषध (खैरो हेरोइन) फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त लागु औषध खैरो हेरोइन सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्