बेलौरी एक्सप्रेस

कैलालीमा सरकारी गाडी गुड्न नदिइने

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
279 Views

ज्ञानेन्द्र थापा बेलौरी: शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले कैलालीमा सरकारी गाडी सञ्चालनमा रोक नदिने भएको छ। समितिले आज बिहान ९ बजेदेखि १२ बजेसम्म सरकारी गाडी सञ्चालनमा रोक लगाउने समितिका सह संयोजक आनन्द भट्टले बताए।

गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्न प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गर्न, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गर्न र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै समिति २० दिनदेखि नियमित आन्दोलनमा छ।

प्रतिक्रिया दिनुहोस्