बेलौरी एक्सप्रेस

कन्चनपुरको लालझाडी गाउँपालिकामा एक घरमा आगलागी हुदा दुई लाख बढीको क्षती

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
261 Views

ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरको लालझाडी गाउँपालिकामा सोमबार दिउँसो एक घरमा आगलागी भएको छ।

 

जिल्लाको लालझाडी गाउँपालिका– ४ डाडाजाईका रथि सार्कीको भुईतले काठले बनेको,टायल र खरले छाएको चार कोठे घरमा आगलागी भएको हो। घरमा आगलागी हुँदा अन्नपात, लुगाकपडा, काठपात, नगद ७८ हजारसहित अन्दाजी दुई लाख २० हजार बराबरको सामानहरु जली नष्ट भएको छ।

उक्त घरको नजिकै रहेको गोठमा बाधेको एउटा भैसी सामान्य जलेको छ। आगलागी प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्