बेलौरी एक्सप्रेस

कञ्चनपुरका तीन स्थानबाट भन्सार छलीका सामान बरामद 

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
303 Views

ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरका तीन स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

 

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयाको हरीयाली सामुदायिक वन क्षेत्रबाट भन्सार छलीका अन्दाजी ५१ हजार ८ सय मुल्य बराबरको जुत्ता र एरिअल नामक सोडा बेवारिसे अवस्थमा फेलापारी इलाका प्रहरी कार्यालय गुलरियाले सोमवार नियन्त्रणमा लिएको हो

यस्तै बेलौरी नगरपालिका–१० भुडामा भन्सार छली अन्दाजी ७ हजार २ सय मुल्य बराबरको डिउ (पेय पदार्थ) इलाका प्रहरी कार्यालय बेलडाँडीले बरामद गरेको छ। सोमवार राति बेलौरी नगरपालिका–४ शान्तिपुरमा भन्सार छली कुर्तासुरुवाल लगायत अन्दाजी १ लाख ३७ हजार मुल्य बराबरका कपडाहरु इलाका प्रहरी कार्यालय बेलौरीले बेवारिसे अवस्थामा फेलापारि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्